Journey Of Life to Engineering !

Saksham Malla

2 mins read
Share:
सानैदेखि कसैले के बन्छस् भनी सोध्दा , जवाफ सधै एउटै हुने गर्थ्यो, - इन्जिनियर । सायद ३-४ कक्षा तिर को कुरा हो , OBTE को viva मा किन इन्जिनियर बन्ने हो भनी सोध्दा सायद भनेको थिएँ, मेरो गाउँ सम्म रोड पुगेको छैन त्यसैले बन्ने। त्यो कलिलो उमेरमा इन्जिनियर भनेको रोड बनाउने, घर बनाउने मात्र हो भन्ने थाहा थियो । विद्यालयमा ठीकठाक अंक ल्याउने म, जन्मस्थान बझाङ बाट  कक्षा ४ मा कञ्चनपुर आई मामा सँग बसेर पढ्न थाले । त्यसपछि कक्षा ८ बाट काठमाडौंं मा मामा सँग बसेर अध्ययन अगाडि बढाएँ। SEE र +2 पनि राम्रै अंक प्राप्त गरे । त्यसपछि इन्ट्रान्स को तयारी गरे अनि इन्ट्रान्स को नतिजा पछि सुरु भयो मेरो बाल्यकाल देखि रहर भनौ वा सपना । IOE भनेको पुल्चोक क्याम्पस मात्र हो भन्ने लाग्थ्यो पहिला तर त्यो हैन रहेछ । सबैको रोजाई मा पर्ने प्रथम ठाउँ, ईन्जिनियरिङ् पढ्न का लागि, पुल्चोक इन्जिनियरिङ क्याम्पस, म त्यहाँ भर्ना भए । पुल्चोक को २०८० ब्याच अब करिब २ वर्ष हुन लाग्यो पुल्चोक लाई आफ्नो बनाएको वा भनौ आफू पुल्चोक को भएको । धेरै कुरा हरु नौला थिए, थोरै असजिलो पनि भयो तर केही नयाँ कुरा गर्ने र सिक्ने यात्रा मा कैयौँ चुनौती हरु अवसरमा परिणत हुन थाले । आहिले चौथो सेमेस्टर मा पुगेँ । म यहाँ सम्म पुग्न मा मेरो मामाको धेरै ठूलो योगदान रहेको छ, नभए सायद यहाँ सम्म पुग्थेन होला । आहिले यो लेख्दै गर्दा साझा यातायात मा उभिएर क्याम्पस तर्फ जाँदै छु । 
यो एउटा सानो लेख ती सम्पूर्ण साथीभाइ माझ जो आफ्नो सपना को यात्रा मा अघि बढ्दै छन्। पात्र एउटै नहोलान् तर कथा भने यात्रीहरूको मिल्दो जुल्दो हुन्छ ।                                  Saksham Malla
Civil Engineering 2080 , Pulchowk Campus, Lalitpur